• चैत्र २५, २०८२
  • No Comment
  • 22

प्रधानमन्त्रीद्वारा आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री बालेन शाह ले आज नेपालस्थित विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने उक्त भेटवार्तामा विभिन्न देशका राजदूतहरू सहभागी हुनेछन्। भेटमा शिशिर खनाल समेत उपस्थित रहने जनाइएको छ।

नेपालमा यसअघि नयाँ प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्ने अभ्यास रहँदै आएको थियो। तर यसपटक सामूहिक रूपमा भेटवार्ता गर्न लागिएकोले यसलाई फरक शैलीको कूटनीतिक पहलका रूपमा हेरिएको छ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहयोग विस्तार तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *