• चैत्र २३, २०८२
  • No Comment
  • 15

नियमित बिहान चाँडै उठेपछि गर्नुस् यी तीन काम, स्वास्थ्यमा देखिन्छ सकारात्मक असर

नेपालगञ्ज, वैशाख — पछिल्लो समय मानिसहरू राति अबेरसम्म जागा बस्ने र बिहान ढिलो उठ्ने बानीतर्फ आकर्षित भइरहेका छन्। तर स्वास्थ्य विज्ञ तथा परम्परागत मान्यताअनुसार सूर्योदयअघि उठ्ने बानीले शरीर र मन दुवैलाई फाइदा पुर्‍याउने बताइएको छ। सूर्योदय अघिको समयलाई “ब्रह्म मुहूर्त” भनिन्छ, जुन स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ।

 

१. तामाको भाँडाको पानी पिउनु
बिहान सबेरै उठेर खाली पेट पानी पिउनुलाई ‘उषा पान’ पनि भनिन्छ। तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरभित्रका विकार बाहिर निस्कन मद्दत पुग्ने विश्वास छ। यसले पाचन प्रणाली सुधार गर्ने, छाला चम्किलो बनाउने र विभिन्न रोगबाट जोगाउने सम्भावना रहेको बताइन्छ।

२. हत्केलाको दर्शन गर्ने
शास्त्रअनुसार बिहान उठ्नेबित्तिकै आफ्नो हत्केला हेर्नु शुभ मानिन्छ। त्यसपछि भूमिलाई स्पर्श वा ढोग गर्नु पनि राम्रो मानिन्छ। यसले दिनभर सकारात्मक ऊर्जा कायम राख्न मद्दत गर्ने र मानसिक शान्ति प्रदान गर्ने विश्वास गरिन्छ।

३. योग वा ध्यान गर्ने
बिहानको शुद्ध हावा र शान्त वातावरणमा योग वा ध्यान गर्नु निकै लाभदायक हुन्छ। यसले मनलाई एकाग्र बनाउने, तनाव घटाउने र दिनभर ताजगी कायम राख्न सहयोग पुर्‍याउँछ। नियमित अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने विज्ञहरू बताउँछन्।

धार्मिक तथा स्वास्थ्य महत्व
धार्मिक ग्रन्थहरूमा बिहान ढिलो उठ्नु नकारात्मक मानिएको छ भने चाँडै उठेर दैनिक कर्म गर्ने व्यक्तिमा सकारात्मक सोच र ऊर्जा बढ्ने उल्लेख गरिएको छ। साथै, बिहान चाँडै उठ्ने व्यक्तिको अनुहारमा चमक देखिने र छिटो बुढ्यौली देखिने समस्या कम हुने विश्वास पनि रहेको छ।

स्वास्थ्य र जीवनशैली सुधारका लागि बिहानको समयलाई सदुपयोग गर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *