• चैत्र २४, २०८२
  • No Comment
  • 26

विद्यालयलाई एकपटक मात्रै भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं — शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एक पटकभन्दा बढी भर्ना शुल्क नलिन निर्देशन दिएको छ।

मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र अग्रिम शुल्क असुल नगर्न पनि देशभरका विद्यालयहरूलाई आग्रह गरेको छ।

उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत ७५३ वटै स्थानीय तहलाई यस निर्णयको कार्यान्वयन र अनुगमन गर्न निर्देशन दिइएको छ।

शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र सुरु नभई भर्ना गर्न नपाइने व्यवस्था हुँदाहुँदै कतिपय विद्यालयले अग्रिम तथा अतिरिक्त शुल्क लिने गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

मन्त्रालयले नियमविपरीत असुल गरिएको शुल्क सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गर्न समेत निर्देशन दिएको छ। निर्देशन उल्लंघन गर्ने विद्यालयमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *