• चैत्र २४, २०८२
  • No Comment
  • 19

करोडौँ ठगीका आरोपित पवन विक सुर्खेतबाट पक्राउ

सुर्खेत — अन्तर्वार्ता तथा लिखित परीक्षा उत्तीर्ण गराइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका पवन विक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीविरुद्ध जैसरा थापाको जाहेरीका आधारमा ठगी मुद्दा दर्ता भएको थियो। लामो समयदेखि फरार रहेका विकलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दै जाँदा वीरेन्द्रनगर नगरपालिका–६ बाट पक्राउ गरिएको हो।

प्रहरीले उनलाई चैत २४ गते दिउँसो करिब १:३० बजे लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका विकलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *