• चैत्र २४, २०८२
  • No Comment
  • 21

मोटरसाइकल ठोक्किँदा आगलागी:  तीन विद्यार्थीको मृत्यु

महोत्तरी — जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहा गाउँमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भई तीन विद्यार्थीको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आएका मोटरसाइकल एकडारा गाउँपालिका–५ मा ठोक्किँदा दुवैमा आगो लागेको हो। आगलागीका कारण तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

मृतक र घाइतेको पहिचान खुल्न नसकेको तथा मोटरसाइकल पूर्ण रूपमा जलेर नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। मृतकहरू एसइई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको बताइएको छ।

सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *