• चैत्र २४, २०८२
  • No Comment
  • 23

सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित चौधरी पक्राउ

सुर्खेत, २४ चैत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ ईटौरा बस्ने २४ वर्षीय थीर बहादुर चौधरीलाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोइलीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीलाई उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ। गत २३ गते दिउँसो करिब १:३० बजेको समयमा आफ्नै घरमा शंकास्पद अवस्थामा बसिरहेका उनलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पुडिया बरामद गरिएको छ। उक्त पदार्थको नापतौल गर्दा शुद्ध तौल ३२० मिलिग्राम रहेको पुष्टि भएको छ।

पक्राउ परेका चौधरीलाई चैत २४ गते लागुऔषध कसुर अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरिएको छ। हाल उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *