• चैत्र २४, २०८२
  • No Comment
  • 21

सुर्खेतकाे बबई नाकामा कुकुरसहित प्रहरीको विशेष चेकिङ

 सुर्खेत — लागुऔषध, अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकप्वाइन्टमा प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्चु र ट्राफिक प्रहरीसहित ९ जना तथा केनाइन शाखा कोहलपुर, बाँकेबाट खटिएको ५ जनाको टोली गरी कुल १४ जनाको संयुक्त टोलीले उक्त चेकिङ गरेको प्रहरीले हो।

अभियानमा कोहलपुरबाट ल्याइएका दुईवटा तालिम प्राप्त ‘स्निफर’ कुकुरको प्रयोग गरिएको थियो। सवारी साधन र यात्रुको गहन जाँच गरी सम्भावित अवैध गतिविधि नियन्त्रणमा ध्यान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

दिउँसो २:३० बजे सुरु भएको चेकिङ करिब दुई घण्टापछि ४:३० बजे सम्पन्न भएको थियो।

सुरक्षा निकायले चाडपर्व तथा विशेष समयमा यस्ता कुकुरसहितको चेकिङलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

सम्बन्धित खबर

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत परीक्षणबिनै औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ। काउन्सिलका अनुसार TikTok, Instagram तथा…
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई…

 धनगढी, ५ वैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ का ५…
चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि BTS सर्भे शुरु , सञ्चार सेवा विस्तार हुने संकेत

चौकुने गाउँपालिका वडा नं. १ मा टावर निर्माणका लागि…

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. १ मा लामो समयदेखि टेलिफोन तथा सञ्चार सेवाको पहुँचबाट टाढा रहेका बस्तीहरूमा अब सञ्चार सेवा विस्तार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *