• फाल्गुन ११, २०८२
  • No Comment
  • 49

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु (धादिङ)। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चराँैदीस्थित भैँसेगौडामा गएराति भएको बस दुर्घटनामा बसभित्र च्यापिएका एक घाइतेलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ।

ग २ ख १४२१ नम्बरको दुर्घटनाग्रस्त बसभित्र च्यापिएका ललितपुर इमाडोलका कृष्णराज मानन्धरलाई उद्धार टोलीले करिब पाँच घण्टापछि बाहिर निकाल्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङ का प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै फसेका मानन्धरलाई बसका पार्टपुर्जा काटेर निकालिएको थियो। उद्धारपछि उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रहरी उपरीक्षक खड्काले पर्याप्त उद्धार सामग्रीको अभाव र दुर्घटनास्थल अप्ठ्यारो भू–भागमा रहेको कारण समयमै उद्धार गर्न कठिन भएको बताए।
“मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए। बस उठाउन वा काट्न सक्ने उपकरण तुरुन्तै उपलब्ध थिएन। जनेरेटरसहितको मेसिन ल्याएर बसको पछाडिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,” उनले भने। उनका अनुसार मानन्धरको अवस्था सामान्य रहेको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको उक्त बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा ज्यान गएको छ। हाल २६ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षणका लागि धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *