• माघ २५, २०८२
  • No Comment
  • 90

सुर्खेत–२ मा एमाले उम्मेदवार देवकोटाको दाबी, ‘निर्वाचन आफुले जित्ने आधार बलियाे छ’

सुर्खेत — सुर्खेत क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कुलमणी देवकोटाले जनताको विश्वास र समर्थन नेकपा एमालेप्रति रहेकाले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूहरू विजयी हुने दाबी गरेका छन्।

आइतबार नेकपा एमाले पञ्चपुरी नगरपालिका–५ र ६ मा स्थापना गरिएको प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार देवकोटाले जनतामा एमालेप्रति उत्साह र भरोसा बढेकाले निर्वाचन जित्ने आधार मजबुत भएको बताए।

उनले यस क्षेत्रको समग्र विकासमा नेकपा एमालेले विगतमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर विकास निर्माणका कार्यलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। देवकोटाले जनताको सेवामा समर्पित भई पश्चिम सुर्खेतको समग्र विकासका लागि निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाए।

कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नवराज रावत, सुर्खेत जिल्ला सचिवालय सदस्य तथा पञ्चपुरी नगरपालिका निर्वाचन परिचालन कमिटीका संयोजक तुलबहादुर सहकारी, जिल्ला कमिटी सदस्य धनबहादुर थापा, पञ्चपुरी नगर कमिटीका अध्यक्ष भीमबहादुर रावतलगायत नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित खबर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…

Leave a Reply

Your email address will not be published. Required fields are marked *