- असार १४, २०८३
- No Comment
- 0
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ। कर्णाली प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता असार १४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका प्रदेश सचिव श्रीधर केसी ले प्रतियोगिताका खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा कर्णालीका मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम गरी आठ जिल्लाका टोली सहभागी हुनेछन्।
प्रतियोगितामार्फत प्रदेशभर क्रिकेट विस्तार, खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर तथा नयाँ खेल प्रतिभा उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रतियोगिताको विजेता टोलीले रु १ लाख १ हजार र उपविजेताले रु ५१ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख सहयोग गरेको छ।



