• अशोज २८, २०८२
  • No Comment
  • 142

कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ

कैलाली — कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज २६ गते राति करिब ११:४५ बजे गोदावरी नगरपालिका–४ मा रहेको शुभम होटेलमा भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि केही अपरिचित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। हतियारको प्रहारबाट ऐरको हातको औँला काटिएको र टाउको तथा घाटीमा चोट लागेको बताइएको छ।

घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धनगढी–२ का सन्नी भन्ने २९ वर्षीय भिम नेपाली, १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी–३ का १८ वर्षीय विशाल बोहरा, कञ्चनपुरको कृष्णपुर–९ का २३ वर्षीय किरण महरा, २६ वर्षीय गोविन्द बलायर, कञ्चनपुरको पुर्नवास–१० का ३२ वर्षीय दिनेश बिक र ३२ वर्षीय अनिल बिकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले असोज २८ गते बिहान करिब २ बजे नेपाल–भारत सिमानामा पर्ने धनगढी त्रिनगर भन्सार नजिकैबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

हाल पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

 सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय…
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४…
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा…

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२…

Leave a Reply

Your email address will not be published. Required fields are marked *