• अशोज २७, २०८२
  • No Comment
  • 133

दैलेखमा छुट्टा छुट्टै समयमा ब्राउन सुगरसहित चार जना पक्राउ

दैलेख, आश्विन २७ – दैलेख प्रहरीले छुट्टा छुट्टै समयमा लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पहिलो घटनामा असोज १२ गते साँझ करिब ७ः४० बजे नारायण नगरपालिका–१ स्थित अधिकारी होटल अगाडि नापतौलका क्रममा ३ सय ८० मिलिग्राम शुद्ध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा गुराँस गाउँपालिका–४ का लोकेन्द्र शाही, नारायण नगरपालिका–१ का बलराम थापा र नारायण नगरपालिका–२ का नारायण थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

त्यसैगरी, असोज २५ गते दिउँसो करिब २ः३० बजे नारायण नगरपालिका–१ बसपार्क क्षेत्रबाट प्रहरीले ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित नारायण नगरपालिका–७ किमुगाउँका उदयबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

डीएसपी बरालका अनुसार उनीहरूविरुद्ध लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

 सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय…
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४…
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा…

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२…

Leave a Reply

Your email address will not be published. Required fields are marked *