- अशोज २७, २०८२
- No Comment
- 25
दैलेखमा छुट्टा छुट्टै समयमा ब्राउन सुगरसहित चार जना पक्राउ

दैलेख, आश्विन २७ – दैलेख प्रहरीले छुट्टा छुट्टै समयमा लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पहिलो घटनामा असोज १२ गते साँझ करिब ७ः४० बजे नारायण नगरपालिका–१ स्थित अधिकारी होटल अगाडि नापतौलका क्रममा ३ सय ८० मिलिग्राम शुद्ध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा गुराँस गाउँपालिका–४ का लोकेन्द्र शाही, नारायण नगरपालिका–१ का बलराम थापा र नारायण नगरपालिका–२ का नारायण थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।
त्यसैगरी, असोज २५ गते दिउँसो करिब २ः३० बजे नारायण नगरपालिका–१ बसपार्क क्षेत्रबाट प्रहरीले ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित नारायण नगरपालिका–७ किमुगाउँका उदयबहादुर बस्नेतलाई पक्राउ गरेको हो।
डीएसपी बरालका अनुसार उनीहरूविरुद्ध लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।