• अशोज १२, २०८२
  • No Comment
  • 294

एमाले सचिवालयका तीन निर्णय: राहदानी रोक्का सिफारिस र गृह निर्देशनप्रति कडा आपत्ति

नेकपा (एमाले) सचिवालय बैठकले हालै तीनवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा आइतबार बसेको बैठकमा भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ। आयोगले अध्यक्ष ओलीसहित केही व्यक्तिहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको विषयमा बैठकले कडा आपत्ति जनाएको छ।

बैठकले गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरिएको र दसैँको अवसर पारेर राजनीतिक प्रतिशोध साँधिएको भन्दै आपत्ति प्रकट गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “दसैँको अवसर पारेर गरिएको राजनीतिक प्रतिशोधपूर्ण कदमप्रति सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ। यस्ता निर्णयहरूले आयोगकै विश्वसनीयता प्रश्नमा पारिएको छ।”

दोस्रो निर्णयमा एमालेले गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको पछिल्लो निर्देशनप्रति असन्तुष्टि जनाएको छ। मन्त्रालयले भदौ २४ को घटनामा संलग्न दोषीहरूमाथि कारबाही नगरी जाँचबुझ आयोगकै अधिकार क्षेत्रभित्र राख्ने आदेश दिएकोप्रति एमालेको आपत्ति छ। विज्ञप्तिमा भनिएको छ, “यस निर्देशनले प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप मात्र गरेको छैन, अपराधीलाई संरक्षण र प्रोत्साहन दिने आपत्तिजनक मनसाय बोकेको छ।”

तेस्रो निर्णयमा बैठकले पछिल्लो राजनीतिक परिस्थिति मूल्याङ्कन गर्न र आवश्यक निर्णय लिन पार्टीको केन्द्रीय कमिटीको दसाैँ बैठक बोलाउने निर्णय गरेको छ। यो बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्नेछ भने सचिवालयको अर्को बैठक असोज १९ र २० गते काठमाडौंमै हुने भएको छ।

सम्बन्धित खबर

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

 सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय…
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४…
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा…

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२…

Leave a Reply

Your email address will not be published. Required fields are marked *