• भदौ १६, २०८२
  • No Comment
  • 146

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो । चौधरीले चलाएको से.३ प ५१४१ नम्बरको मोटरसाइकलको भाइजर मुनि तथा ह्याण्डिलको टी–गार्डभित्र लुकाइराखिएको ९ ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

त्यसैगरी, टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरालाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ । उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चेकजाँच गर्दा मुखमै लुकाइराखेको २३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *