• भदौ १६, २०८२
  • No Comment
  • 24

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिकै चेकजाँच गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो । चौधरीले चलाएको से.३ प ५१४१ नम्बरको मोटरसाइकलको भाइजर मुनि तथा ह्याण्डिलको टी–गार्डभित्र लुकाइराखिएको ९ ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

त्यसैगरी, टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरालाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ । उनलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले चेकजाँच गर्दा मुखमै लुकाइराखेको २३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
दैनिक बदाम सेवनले दिमागलाई कम्प्युटरजस्तै तेज बनाउँछ

दैनिक बदाम सेवनले दिमागलाई कम्प्युटरजस्तै तेज बनाउँछ

विद्यार्थी, कार्यालय कर्मचारीदेखि लिएर वृद्धवृद्धासम्म सबैको चाहना हुन्छ कि मस्तिष्क तेज, सक्रिय र एकाग्र रहोस्। विज्ञहरूका अनुसार यसका लागि अभ्यास र…
सुर्खेतमा ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा

सुर्खेतमा ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा

सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ ७:३० बजे वीरेन्द्रनगर–१२ नेवारेमा लागुऔषध नियन्त्रण शाखा सुर्खेत र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *