• भदौ १३, २०८२
  • No Comment
  • 153

मधेस प्रदेशसभा बैठक पुनः स्थगित

मधेस प्रदेशसभाको दोस्रो दिनको बैठक पनि प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। आज दिउँसो बैठक सुरु भएको केही समयमै प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएपछि कार्यवाही अघि बढ्न सकेन । सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का सांसद जवाहरलाल कुशवाहालाई बोल्ने समय दिनुभयो। कुशवाहाले अर्थमन्त्री सुनीलप्रसाद साहले ल्याएको बजेट त्रुटिपूर्ण भएको र बहुमतको दबाबमा पारित गरिएको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा माग गर्नुभयो। उहाँले राजीनामा नआएसम्म सदनमा निरन्तर अवरोध गर्ने चेतावनी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको आरोपको प्रतिवाद गर्दै सर्वदलीय बैठकमा सहभागी नहुने र सदनमा अवरोध गर्ने कार्य अनुचित भएको टिप्पणी गर्नुभयो । विवाद चर्किएपछि सभामुख मण्डलले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्ने घोषणा गर्नुभयो। दुई दिनदेखि प्रतिपक्षी दलहरूले सभामुखले आह्वान गरेका सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *