• भदौ १२, २०८२
  • No Comment
  • 91

मुगुमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

मुगु। मुगु जिल्लाको सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको सुत्केरीपछिको उपचारका क्रममा मृत्यु भएको छ।

बुधबार बिहान घरमै छोरा जन्माएकी बुढाको सालनाल नझरेपछि उनलाई सीप प्रसूति केन्द्र लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल पुर्‍याइएका बुढाको बिहीबार बिहान ३ बजे उपचारका क्रममा निधन भएको हो।

जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा तत्काल रगत अभाव भएकाले जटिलता बढेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। पछि युवाहरूले रगत उपलब्ध गराए पनि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारीमै उनको मृत्यु भएको हो।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *