• भदौ १२, २०८२
  • No Comment
  • 176

मुगुमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

मुगु। मुगु जिल्लाको सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको सुत्केरीपछिको उपचारका क्रममा मृत्यु भएको छ।

बुधबार बिहान घरमै छोरा जन्माएकी बुढाको सालनाल नझरेपछि उनलाई सीप प्रसूति केन्द्र लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल पुर्‍याइएका बुढाको बिहीबार बिहान ३ बजे उपचारका क्रममा निधन भएको हो।

जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा तत्काल रगत अभाव भएकाले जटिलता बढेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। पछि युवाहरूले रगत उपलब्ध गराए पनि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारीमै उनको मृत्यु भएको हो।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *