- भदौ ५, २०८२
- No Comment
- 65
सुर्खेतमा लोकसेवा परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग कार्यालयमा सञ्चालन भइरहेको संचार/इन्जिनियर प्राविधिक प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
आज बिहान ९ः३० बजे परीक्षामा अर्कैको नागरिकता र प्रवेशपत्रमा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन आएका ४ जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका–१२ का धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७ सामाकोटका २५ वर्षीय श्याम संकर सिंह र दैलेख भगवतीमाई गाउँपालिका–५ का सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका २० वर्षीय भरत तिरुवा रहेका छन् ।
परीक्षामा सट्टा दिन आएका उनीहरूलाई लिखत तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।