• भदौ ५, २०८२
  • No Comment
  • 120

सुर्खेतमा लोकसेवा परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग कार्यालयमा सञ्चालन भइरहेको संचार/इन्जिनियर प्राविधिक प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

आज बिहान ९ः३० बजे परीक्षामा अर्कैको नागरिकता र प्रवेशपत्रमा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन आएका ४ जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका–१२ का धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७ सामाकोटका २५ वर्षीय श्याम संकर सिंह र दैलेख भगवतीमाई गाउँपालिका–५ का सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका २० वर्षीय भरत तिरुवा रहेका छन् ।

परीक्षामा सट्टा दिन आएका उनीहरूलाई लिखत तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित खबर

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ सञ्चालकलाई…
सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…

Leave a Reply

Your email address will not be published. Required fields are marked *