• भदौ २, २०८२
  • No Comment
  • 124

दुवै हातमा रक्तचाप फरक देखिनु सामान्य कि खतराको संकेत ?

रक्तचाप नाप्दा दुवै हातमा केही फरक देखिनु सामान्य भए पनि बारम्बार ठूलो अन्तर देखिएमा स्वास्थ्य जोखिमको संकेत हुन सक्ने चिकित्सकहरूले बताएका छन्।

स्वस्थ व्यक्तिहरूमा सिस्टोलिक (माथिल्लो) रक्तचापमा १० mmHg र डायस्टोलिकमा ५ mmHg सम्मको भिन्नता सामान्य मानिन्छ। तर, १५ mmHg भन्दा बढीको स्थायी अन्तर देखिएमा धमनीमा अवरोध, परिधीय धमनी रोग वा अन्य संवहनी समस्या हुने सम्भावना हुन्छ। दुर्लभ अवस्थामा एओर्टिक डिसेक्सन (मुख्य धमनी चुँडिने अवस्था) पनि कारण बन्न सक्ने विज्ञहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार हातको धमनी संरचना, रक्त प्रवाहमा अवरोध वा धमनी रोगका कारण दुवै हातमा दबाब फरक देखिन सक्छ। त्यसैले ५ मिनेट चुपचाप बसेर दुवै हातमा फरक–फरक समयमा रक्तचाप नापेर नियमित रेकर्ड राख्न सुझाव दिइएको छ।

यदि बारम्बार १५ mmHg भन्दा बढी अन्तर देखिन्छ भने ढिलाइ नगरी हृदय रोग विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुपर्ने उनीहरूको भनाइ छ।

चिकित्सकहरू भन्छन्, “दुवै हातमा सानो भिन्नता सामान्य हो, तर ठूलो अन्तर देखिएमा संवहनी स्वास्थ्यबारे गम्भीर संकेत हुन सक्छ।”

यसैले अबदेखि चिकित्सकले दुवै हातमा रक्तचाप नाप्दा त्यसलाई केवल औपचारिकता नभई हृदय स्वास्थ्यको महत्वपूर्ण परीक्षणको रूपमा लिनुपर्ने सन्देश विज्ञहरूले दिएका छन्।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *