• भदौ १, २०८२
  • No Comment
  • 56

सल्यानमा श्रीमतीमाथि हँसिया प्रहार गर्ने युवक पक्राउ

सल्यान — सामान्य विवादका क्रममा श्रीमतीमाथि हँसिया प्रहार गरी गम्भीर घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका–१४ माल्नेटा घर भई हाल श्रीनगर बजारमा घर भाडामा बस्दै आएका ३२ वर्षीय दीपक कवरलाई पक्राउ गरिएको हो।

उनीमाथि आफ्नी २७ वर्षीया श्रीमती पवित्रा बुढाथोकीलाई टाउकोमा हँसिया प्रहार गरेको आरोप छ। घटनापछि गम्भीर घाइते भएकी पवित्रा बेहोस अवस्थामा रहेकी थिइन्।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी बाबुराम बस्नेतका अनुसार प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *