• भदौ १, २०८२
  • No Comment
  • 147

सल्यानमा श्रीमतीमाथि हँसिया प्रहार गर्ने युवक पक्राउ

सल्यान — सामान्य विवादका क्रममा श्रीमतीमाथि हँसिया प्रहार गरी गम्भीर घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका–१४ माल्नेटा घर भई हाल श्रीनगर बजारमा घर भाडामा बस्दै आएका ३२ वर्षीय दीपक कवरलाई पक्राउ गरिएको हो।

उनीमाथि आफ्नी २७ वर्षीया श्रीमती पवित्रा बुढाथोकीलाई टाउकोमा हँसिया प्रहार गरेको आरोप छ। घटनापछि गम्भीर घाइते भएकी पवित्रा बेहोस अवस्थामा रहेकी थिइन्।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी बाबुराम बस्नेतका अनुसार प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *