• साउन ३१, २०८२
  • No Comment
  • 415

लन्डनमा सुर्खेती एरि युवा बाबु मल्ल ठकुरीले जिते बक्सिङमा स्वर्ण पदक

लन्डन। सुर्खेतका प्रतिभाशाली बक्सर बाबु मल्ल ठकुरीले लन्डनमा आयोजित एक प्रतिष्ठित खुला बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएका छन । द ह्वाइट कलर फाइट क्लब लन्डनको आयोजनामा सम्पन्न प्रतियोगिताको ८० के.जी. तौल समूहमा उनले यो ऐतिहासिक सफलता हासिल गरेका हुन ।

प्रतियोगिताको फाइनलमा ठकुरीले स्कटल्याण्डका प्रतिस्पर्धी जियान हर्नान्डेजलाई पहिलो राउन्डमै पराजित गर्दै स्वर्ण पदक आफ्नो पोल्टामा  पारेका थिए । सन् २०२३ देखि बेलायतको लन्डनमा रहेर व्यावसायिक प्रशिक्षण लिइरहेएका ठकुरीको यो जित उनको निरन्तरको लगनशीलता, कठोर परिश्रम र अदम्य आत्मविश्वासको प्रतिफल हो । उनको मेहनत र अनुशासनले आज यो गौरवपूर्ण क्षण सम्भव भएको छ ।

सुर्खेतको यरीचोक निवासी ठकुरीको यस सफलताले बेलायतमा रहेका नेपाली समुदायमा खुसीको लहर छाएको छ । सुर्खेत जिल्ला समाज युकेले एक विज्ञप्ति जारी गर्दै ठकुरीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। समाजले उहाँको यो उपलब्धिले राष्ट्रको नाम उज्ज्वल बनाएको र आगामी दिनमा अझ ठूला सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

बाबु मल्ल ठकुरीको यो जितले नेपाली खेलकुदमा, विशेष गरी बक्सिङमा, नयाँ सम्भावना र उत्साह थपेको छ । आगामी दिनमा उनले अझ उचाइका सफलता हासिल गर्दै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा थप  बक्सिङकाे क्षेत्रमा नाम कमाउने छन भन्ने विश्वास लिइएको सुर्खेत जिल्ला समाज युकेले जनाएकाे छ ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *