• साउन ३१, २०८२
  • No Comment
  • 82

अछाममा कृष्ण जन्माष्टमीको मेलाका क्रममा करेन्ट लाग्दा  १ जनाको मृत्यु, ५ जना घाइते

अछाम  – अछाममा झण्डा फहराउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा फलामे डण्डी विद्युत् तारमा छुँदा करेन्ट लागेको हो ।

करेन्ट लागेर मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउद गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल पुर्याइएपनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका बान्निगढी जयगढ–६ का १८ वर्षीय समीर शाह, १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ का १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ का १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *