• साउन ३१, २०८२
  • No Comment
  • 195

अछाममा कृष्ण जन्माष्टमीको मेलाका क्रममा करेन्ट लाग्दा  १ जनाको मृत्यु, ५ जना घाइते

अछाम  – अछाममा झण्डा फहराउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा फलामे डण्डी विद्युत् तारमा छुँदा करेन्ट लागेको हो ।

करेन्ट लागेर मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउद गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल पुर्याइएपनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका बान्निगढी जयगढ–६ का १८ वर्षीय समीर शाह, १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ का १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ का १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *