• साउन ३१, २०८२
  • No Comment
  • 151

आज देशभर श्रीकृष्ण जन्माष्टमी : पूजा-आराधना र भजनकीर्तनसहित श्रद्धापूर्वक मनाइँदै

साउन ३१ – भगवान् श्रीकृष्णको जन्मजयन्ती ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिसहित मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्म लिनुभएका श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। यस कारण यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा-आराधना, प्रवचन, भजनकीर्तनको आयोजना हुँदैछ। महिला र पुरुष भक्तजनले ‘व्रत’ बसी रातभर जाग्राम बस्ने परम्परा छ। राजधानीको पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्दैछ भने कागेश्वरी मनोहरा नगरपालिकाको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिरसहित देशभरका मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने अपेक्षा गरिएको छ।

पौराणिक कथाअनुसार बाल्यकालदेखि नै लीला प्रदर्शन गर्दै आएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। कुरुक्षेत्र युद्धका क्रममा पाण्डव अर्जुनलाई प्रदान गरेको उपदेश ‘श्रीमद्भागवत गीता’ विश्वकै सबैभन्दा धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थ मानिन्छ।

आजको दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने चलन पनि रहिआएको छ।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *