• साउन ३१, २०८२
  • No Comment
  • 76

आज देशभर श्रीकृष्ण जन्माष्टमी : पूजा-आराधना र भजनकीर्तनसहित श्रद्धापूर्वक मनाइँदै

साउन ३१ – भगवान् श्रीकृष्णको जन्मजयन्ती ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिसहित मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्म लिनुभएका श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। यस कारण यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा-आराधना, प्रवचन, भजनकीर्तनको आयोजना हुँदैछ। महिला र पुरुष भक्तजनले ‘व्रत’ बसी रातभर जाग्राम बस्ने परम्परा छ। राजधानीको पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्दैछ भने कागेश्वरी मनोहरा नगरपालिकाको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिरसहित देशभरका मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने अपेक्षा गरिएको छ।

पौराणिक कथाअनुसार बाल्यकालदेखि नै लीला प्रदर्शन गर्दै आएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। कुरुक्षेत्र युद्धका क्रममा पाण्डव अर्जुनलाई प्रदान गरेको उपदेश ‘श्रीमद्भागवत गीता’ विश्वकै सबैभन्दा धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थ मानिन्छ।

आजको दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने चलन पनि रहिआएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *