• साउन २८, २०८२
  • No Comment
  • 77

मुगुकाे छायाँनाथ रारा नगरपालिकामा तालाबन्दी

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षहरूले अनिश्चितकालका लागि तालाबन्दी गरेका छन्। मेयर विष्णुकुमार भाममाथि बजेट सभामा छलकपट र कार्यविधि विपरीत एजेन्डा प्रस्तुत गरेको आरोप लगाउँदै तालाबन्दी गरिएको हो।

१४ वडामध्ये ३ जना जिल्ला बाहिर भएकाले ११ जना वडा अध्यक्षले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्। उनीहरूले मेयर भामले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि उल्लङ्घन गर्दै बजेट एजेन्डामाथि छलफल नगरेको आरोप लगाएका छन्।

छायाँनाथ रारा नगरपालिका–२ का वडा अध्यक्ष परेक राज चौलागाईका अनुसार, नगरपालिकाबाट अन्य पालिकामा सरुवा हुने वडा सचिवहरूलाई मिलोमोतोमा रमानपत्र दिने, सामाजिक सुरक्षा भत्ता वितरण र वडाको दैनिक कामकाज अवरुद्ध भएको कारण तालाबन्दी गर्नुपरेको हो।

तर, मेयर भामले आफूले कार्यविधि विपरीत कुनै निर्णय नगरेको दाबी गरेका छन्।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *