• साउन २६, २०८२
  • No Comment
  • 62

कर्णालीमा ‘राउटे करिडोर’ निर्माण हुँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षणका लागि ‘राउटे करिडोर’ निर्माण गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण हुने करिडोर राउटे नीति, समन्वय समितिको प्रतिवेदन, संवैधानिक आयोगको सिफारिस र विगत १० वर्षको बसोबास स्थलको नक्सांकनका आधारमा बन्ने भएको हो।

दैलेख, सुर्खेत, सल्यानलगायतका वन क्षेत्रमा अस्थायी बसोबास गर्ने राउटेलाई करिडोरमार्फत पोषणयुक्त खाद्य सामग्री, निःशुल्क स्वास्थ्य सेवा, शैक्षिक सामग्री वितरण र क्षमता विकास कार्यक्रम उपलब्ध गराइनेछ। साथै, संरक्षणका लागि समयानुकूल कानुनी प्रबन्ध र प्रोफाइल प्रकाशन गर्ने तयारी छ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राउटे समुदाय नेपालको मौलिक सांस्कृतिक सम्पदा भएकाले उनीहरूको संरक्षण र सशक्तीकरण राज्य र समाज दुवैको जिम्मेवारी भएको बताए। उनले परम्परा र स्वतन्त्रताको सम्मान गर्दै विकासको मार्ग तय गर्न चुनौती रहेको उल्लेख गरे।

हाल कल्याल, सोवंशी र रास्कोटी गरी तीन थरका राउटे समुदायको संख्या १३५ छ। काठका सामग्री विनिमय गरेर जीविका चलाउने, कृषि वा स्थायी रोजगारीमा संलग्न नभएको यो समुदाय मौखिक परम्परा, गीत र नृत्यमार्फत सांस्कृतिक अभिव्यक्ति गर्छ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *