जाजरकोट — जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ। भेरी नगरपालिका–१ कोलचौरस्थित कल्ले खोलामा सोमबार बिहान भएको दुर्घटनामा २७/२८ वर्षका सुनिल चदाराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिएका छन्।
रुकुम पश्चिमको उदय युवा क्लब, मुसीकोट–१३को नाममा दर्ता भे १ च २२४७ नम्बरको एम्बुलेन्स भीत्री कच्ची सडक खण्डमा करीब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
जानकारी पाएलगत्तै इलाका प्रहरी पोष्ट रावतगाउँका प्रहरी नायब निरीक्षक विर बहादुर थापाको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक डाँगीको नेतृत्वमा अर्को टोली समेत पठाइएको प्रहरीले जनाएकाे छ।