• साउन २६, २०८२
  • No Comment
  • 167

कर्णाली पर्यटन पत्रकार मञ्च गठन, अध्यक्षमा खड्का

सुर्खेत — कर्णालीको पर्यटन सम्भावना खोजी र यसको प्रवर्द्धन, विकास तथा प्रचार–प्रसार गर्ने उद्देश्यले कर्णाली पर्यटन पत्रकार मञ्च गठन गरिएको छ। शनिबार सुर्खेतको काँक्रेविहार परिसरमा आयोजित कार्यक्रममा पत्रकार सुशीलकुमार खड्काको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै मञ्च स्थापना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएको मञ्चको उपाध्यक्षमा सिर्जना बुढाथोकी, महासचिवमा ओमबहादुर शाही, सचिवमा रजनीकुमारी योगी र कोषाध्यक्षमा नविनकुमार सुवेदी निर्वाचित भएका छन्। सदस्यमा मिमबहादुर रावल (रमेश), जगतदल जनाला विक, खगेन्द्र शाही र चन्दा कँडेल रहेका छन्।

महासचिव शाहीका अनुसार मञ्चले अध्ययन, अनुसन्धान र अवलोकनमार्फत कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने लक्ष्य राखेको छ। ‘पर्यटन प्रवर्द्धनमा पत्रकारको क्षमता विकास गर्दै कर्णालीलाई पर्यटकको रोजाइको गन्तव्य बनाउने हाम्रो मूल उद्देश्य हो,’ उनले भने।

अध्यक्ष खड्काले कर्णालीका प्राकृतिक र सांस्कृतिक पर्यटकीय स्थल पूर्वाधार र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउँदै मञ्चमार्फत सम्भावना उजागर गर्ने प्रतिवद्धता जनाए। ‘पर्यटन पत्रकारितामार्फत कर्णालीलाई संसारभर चिनाउने र नीतिगत सुधारका लागि पैरवी गर्ने हाम्रो दायित्व हो,’ उनले भने।

 

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *