• साउन २५, २०८२
  • No Comment
  • 168

एएफसी यू-२० महिला एशियन कप छनोट : आज नेपाल र उत्तर कोरियाकाे भिडन्त

काठमाडौँ – एएफसी यू-२० महिला एशियन कपको छनोटमा नेपालले आज समूह चरणको अन्तिम खेलमा उत्तर कोरियासँग भिड्ने भएको छ। भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

एशियन कपमा स्थान बनाउन नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्था छ। समूह ‘ए’ मा उत्तर कोरिया शीर्ष स्थानमा रहँदै दुई खेलबाट पुरा छ अंक बटुलेको छ। उसले पहिलो खेलमा साउदी अरबलाई १५–० ले तथा दोस्रो खेलमा भुटानलाई १०–० ले पराजित गरेको थियो।

नेपालले भने पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरबलाई १–० ले हराएको छ। यससँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ।

समूह ‘ए’ बाट एशियन कपमा पुग्ने टोली आजको खेलपछि टुङ्गो लाग्नेछ। छनोटमा सहभागी ३२ देश आठ समूहमा विभाजित छन्। प्रत्येक समूहको विजेता आठ टोली र उत्कृष्ट तीन उपविजेताले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशियन कपमा स्थान बनाउने छन्।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *