• साउन २४, २०८२
  • No Comment
  • 9

कैलाली कारागार झडपपछि कैदीहरूको नियन्त्रणमा, एकको मृत्यु, ४९ घाइते

धनगढी — कैलाली कारागार शुक्रबार राति भएको सामूहिक झडपपछि कैदीहरूको कब्जामा पुगेको छ। झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना कैदी घाइते भएका छन्।

मध्यराति भएको झडपपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, प्रहरी उपरीक्षक बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितको टोली कारागार पुगेको थियो। तर, आक्रोशित कैदीहरूले उनीहरूलाई भित्र प्रवेश गर्न दिएनन्।

‘हामी अहिलेसम्म कारागारभित्र पस्न सकेका छैनौं। थप घटना नहोस् भनेर नै भित्र जान खोजेका छैनौं,’ प्रमुख जिल्ला अधिकारी हमालले बताए। जिल्ला सुरक्षा समितिले कारागार सुरक्षाका लागि अतिरिक्त सशस्त्र प्रहरी तैनाथ गरेको छ।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्र प्रवेश गर्न नसकेको जनाएको छ। आयोगका एक अधिकृतका अनुसार कारागार प्रशासनको कार्यालयसम्म पुग्न सके पनि घटनास्थलसम्म पुग्न सम्भव भएको छैन।

झडपमा घाइते भएका ४९ जनामध्ये अधिकांशको हातखुट्टा भाँचिएको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए। उनका अनुसार झडपमा फलामका रडहरूको बढी प्रयोग भएको छ। एक जनाको शल्यक्रिया गरिएको छ भने एक जनालाई आईसीयूमा भर्ना गरिएको छ।

अस्पतालमा उपचारका लागि स्थान नपुग्दा घाइतेहरूलाई नजिकै रहेको कोभिड-१९ भवनमा सारिएको छ। मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

सम्बन्धित खबर

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

 राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाले गाउँमा बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित…
दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता अलपत्र र ऋणको बोझ चुलिँदै

दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता…

 २०८०  कार्तिक १७ गते राति आएको विनाशकारी भूकम्पले जाजरकोटको नलगाड नगरपालिकामा सयौँ घर ध्वस्त भए, सयौँ परिवार खुला आकाशमुनि बस्न बाध्य…
खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । खनालको डल्लुस्थित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *