• साउन २४, २०८२
  • No Comment
  • 150

कैलाली कारागार झडपपछि कैदीहरूको नियन्त्रणमा, एकको मृत्यु, ४९ घाइते

धनगढी — कैलाली कारागार शुक्रबार राति भएको सामूहिक झडपपछि कैदीहरूको कब्जामा पुगेको छ। झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना कैदी घाइते भएका छन्।

मध्यराति भएको झडपपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, प्रहरी उपरीक्षक बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितको टोली कारागार पुगेको थियो। तर, आक्रोशित कैदीहरूले उनीहरूलाई भित्र प्रवेश गर्न दिएनन्।

‘हामी अहिलेसम्म कारागारभित्र पस्न सकेका छैनौं। थप घटना नहोस् भनेर नै भित्र जान खोजेका छैनौं,’ प्रमुख जिल्ला अधिकारी हमालले बताए। जिल्ला सुरक्षा समितिले कारागार सुरक्षाका लागि अतिरिक्त सशस्त्र प्रहरी तैनाथ गरेको छ।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागारभित्र प्रवेश गर्न नसकेको जनाएको छ। आयोगका एक अधिकृतका अनुसार कारागार प्रशासनको कार्यालयसम्म पुग्न सके पनि घटनास्थलसम्म पुग्न सम्भव भएको छैन।

झडपमा घाइते भएका ४९ जनामध्ये अधिकांशको हातखुट्टा भाँचिएको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए। उनका अनुसार झडपमा फलामका रडहरूको बढी प्रयोग भएको छ। एक जनाको शल्यक्रिया गरिएको छ भने एक जनालाई आईसीयूमा भर्ना गरिएको छ।

अस्पतालमा उपचारका लागि स्थान नपुग्दा घाइतेहरूलाई नजिकै रहेको कोभिड-१९ भवनमा सारिएको छ। मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *