• साउन २४, २०८२
  • No Comment
  • 242

कर्णालीमा तीन दिनसम्म प्रदेश स्थापना तथा शहीद दिवस मनाइने

सुर्खेत— कर्णाली प्रदेशमा यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस–२०८२  तीन दिनसम्म विशेष कार्यक्रमसहित मनाइने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५ गते तीन दिनसम्म दिवस मनाउने निर्णय गरेको हो । यसका लागि मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।

२०७२ साल भदौ ४ गते साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिम जिल्ला समेटी कर्णाली प्रदेशको स्थापना भएको थियो । यसअघि २०७२ भदौ २३ गते प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको संघीयताको खाका सार्वजनिक गरेपछि भएको आन्दोलनमा चार जनाले ज्यान गुमाएका थिए । आन्दोलनको उत्कर्षपछि कर्णाली प्रदेश कान्छो प्रदेशका रूपमा जन्मिएको हो ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *