• साउन २२, २०८२
  • No Comment
  • 123

सानुमाया थिङ कराते विश्व च्याम्पियनसिपका लागि छनोट 

 काठमाडौं — नेपाली कराते खेलाडी सानुमाया थिङ आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन्।

विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पठाएको पत्रमार्फत सानुमायाको छनोटको औपचारिक जानकारी गराएको हो। उनी विश्व वरीयताको आधारमा एकल काता तर्फ सहभागी हुन लागेकी हुन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितिसकेकी सानुमायाले गत मेमा उज्बेकिस्तानमा सम्पन्न एसियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। त्यही प्रदर्शनको आधारमा उनलाई विश्व प्रतियोगिताका लागि छनोट गरिएको प्रशिक्षक मन्डेकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठ नै नेपाली टोलीका काता प्रशिक्षक समेत हुन्।

सानुमायाको छनोटसँगै नेपालले पहिलो पटक कराते विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ऐतिहासिक अवसर पाएको छ। प्रशिक्षक श्रेष्ठले यस उपलब्धिलाई नेपाली करातेको ठूलो सफलता र सम्भावनाका रूपमा हेर्नुपर्ने बताएका छन्।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *