• साउन २४, २०८२
  • No Comment
  • 235

कृषि विकास बैंकको नाफा ५०% बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा

कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यस्तै, गत वर्षको सोही अवधिमा संचालन मुनाफा ९ अर्ब ७६ करोड तथा खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा चालु वर्ष क्रमशः ११ अर्ब ८९ करोड र ९ अर्ब ८२ करोड पुगेका छन् ।

यो अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १६ अर्ब २ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा भएको छ। बैंकको ब्याजदर स्प्रेड ३.९६ प्रतिशत रहेको छ ।

सम्बन्धित खबर

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

किन नेपाल आए अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल ?

काठमाडौँ — अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी. भोवेल नेपाल भ्रमणमा आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी भुटान हुँदै ड्रुक एयरको उडानमार्फत…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *