• साउन २४, २०८२
  • No Comment
  • 27

कृषि विकास बैंकको नाफा ५०% बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा

कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यस्तै, गत वर्षको सोही अवधिमा संचालन मुनाफा ९ अर्ब ७६ करोड तथा खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा चालु वर्ष क्रमशः ११ अर्ब ८९ करोड र ९ अर्ब ८२ करोड पुगेका छन् ।

यो अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १६ अर्ब २ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी (EPS) अघिल्लो वर्षको १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा भएको छ। बैंकको ब्याजदर स्प्रेड ३.९६ प्रतिशत रहेको छ ।

सम्बन्धित खबर

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

 राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाले गाउँमा बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित…
दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता अलपत्र र ऋणको बोझ चुलिँदै

दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता…

 २०८०  कार्तिक १७ गते राति आएको विनाशकारी भूकम्पले जाजरकोटको नलगाड नगरपालिकामा सयौँ घर ध्वस्त भए, सयौँ परिवार खुला आकाशमुनि बस्न बाध्य…
खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । खनालको डल्लुस्थित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *