• साउन २४, २०८२
  • No Comment
  • 5

कर्णाली याक्सले पवन सर्राफलाई अनुबन्ध  

साउन २४ । राष्ट्रिय टिमका खेलाडी पवन सर्राफलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि कर्णाली याक्सले अनुबन्ध गरेको छ ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा सुरु भएको अक्सनमा ‘ए’ क्याटागोरीका सर्राफका लागि कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाख रुपैयाँसम्म बोली लगाएका थिए । ‘लक्की ड्र’ मार्फत कर्णालीले पवनलाई टिममा भित्र्याउन सफल भएको हो ।

चोटका कारण पवन पहिलो संस्करणमा खेलेका थिएनन् । दोस्रो संस्करणका लागि एनपीएलमा १६४ खेलाडी अक्सनको सूचीमा रहेका छन्, जसमध्ये हालसम्म १० खेलाडी विक्री भइसकेका छन् ।

सम्बन्धित खबर

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

 राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाले गाउँमा बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित…
दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता अलपत्र र ऋणको बोझ चुलिँदै

दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता…

 २०८०  कार्तिक १७ गते राति आएको विनाशकारी भूकम्पले जाजरकोटको नलगाड नगरपालिकामा सयौँ घर ध्वस्त भए, सयौँ परिवार खुला आकाशमुनि बस्न बाध्य…
खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । खनालको डल्लुस्थित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *