• साउन १३, २०८२
  • No Comment
  • 141

प्रधानमन्त्रीको स्वागतमा हिँडेका सुदूरपश्चिमका दुई मन्त्रीका गाडी आपसमा ठोक्किँदा दुर्घटना

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गरेका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी मंगलबार दिउँसो लम्कीमा आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनामा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री हीरा सार्की सवार से.१ झ ३३० नम्बरको गाडी एकापसमा ठोक्किएका हुन्। दुबै गाडीमा क्षति पुगेको भए पनि गाडीमा सवार मन्त्रीहरूसहित सबैको अवस्था सामान्य रहेको कैलाली प्रहरी प्रवक्ता राजकुमार सिंहले जानकारी दिए।

प्रधानमन्त्री ओली सुदूरपश्चिमको कैलाली जिल्लाको जानकी गाउँपालिका–कटासेमा निर्माण सम्पन्न जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका थिए। यही अवसरमा प्रदेशका मन्त्रीहरू उनको स्वागतका लागि चिसापानी जाँदै गर्दा  दुर्घटना भएको हो।

हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *