• साउन १२, २०८२
  • No Comment
  • 100

भारत गिल, जडेजा र सुन्दरको शतकको बलमा हारबाट जोगियो

काठमाडौँ । इंग्ल्यान्डविरुद्ध जारी पाँच टेस्ट खेलको चौथो खेल रोमाञ्चक मोडमा पुगेर बराबरीमा सकिएको छ। भारतले दोस्रो इनिङमा शुभमन गिल, रविन्द्र जडेजा र वासिङ्टन सुन्दरको उत्कृष्ट शतकको बलमा सम्भावित हारबाट आफूलाई जोगाउन सफल भएको हो।

चौथो टेस्टमा भारतले पहिलो इनिङमा ३५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा इंग्ल्यान्डले जो रुटको १५० र कप्तान बेन स्टोक्सको १४१ रनको मद्दतमा ६६९ रन बनाउँदै भारतमाथि ३११ रनको विशाल अग्रता लिएको थियो।

दोस्रो इनिङको सुरुवातमै भारत संकटमा परेको थियो। कुनै रन नबनाउँदै २ विकेट गुमाएको अवस्थामा भारतका लागि शुभमन गिल र केएल राहुलले तेस्रो विकेटका लागि १८८ रनको महत्वपूर्ण साझेदारी गरे। गिल १०३ रनमा आउट भए भने राहुलले ९० रन बनाए।

त्यसपछि आएका रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले इंग्ल्यान्डको जितको आशा समाप्त पारे। दुवैले पाँच सत्रसम्म टिकेर २०३ रनको अविजित साझेदारी गरे। जडेजा १०७ रनमा अविजित रहे भने सुन्दरले आफ्नो पहिलो टेस्ट शतक बनाउँदै १०१ रनमा अविजित रहे।

शुभमन गिलको टेस्ट करियरको यो चौथो शतक हो। उनले यो श्रृंखलामै ७०० रन पार गरेका छन्। जडेजाले श्रृंखलामा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।

पाँच खेलको श्रृंखला हाल २–१ को अवस्थामा पुगेको छ, जहाँ इंग्ल्यान्डले अग्रता लिएको छ। अब निर्णायक पाँचौं टेस्ट लन्डनको ‘द ओभल’ मैदानमा हुनेछ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *