• साउन ८, २०८२
  • 1 Comment
  • 151

आजकाे माैसम  : देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

 देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले मौसममा व्यापक परिवर्तन देखिएको हो।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली भइरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।

 
दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

 
राति कोशी, मधेश, र बागमती प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

 
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी जानकारी नियमित रूपमा लिन आग्रह गरेको छ।

 

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

1 Comments

  • माैसमविद्वले फेल खाएका छन् । प्रविधिकाे मर्मत नभई हाे या काल्पनिक वाणी हाे । कर्णालीमा वर्षात नभई सुख्खा लागेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *