• साउन ७, २०८२
  • No Comment
  • 87

स्वर्गकी अप्सरा ‘रारा’ लाई पर्यटकीय हब बनाउने अभियान: काठमाडौंबाट सिधा बस सेवा सञ्चालनको तयारी

मुटु ।  कर्णालीको मुटुमा अवस्थित, ‘स्वर्गकी अप्सरा’ भनेर चिनिने रारा ताललाई देशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ। यसै क्रममा, राजधानी काठमाडौंबाट रारासम्म नियमित पर्यटकीय बस सेवा सञ्चालन गर्ने तयारीले तीव्रता पाएको छ, जसले राराको पर्यटनमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म हवाई उडान र अप्ठ्यारो सडक सञ्जालले मात्रै जोडिएको रारामा पर्यटकीय पूर्वाधारको कमी सधैं खड्किँदै आएको थियो। सुन्दरताले भरिपूर्ण भएर पनि गुणस्तरीय होटल, तालिम प्राप्त जनशक्ति र सहज पहुँचको अभावमा राराले आफ्नो वास्तविक क्षमताअनुसार पर्यटक आकर्षित गर्न सकिरहेको थिएन। यही समस्यालाई सम्बोधन गर्न पर्यटन व्यवसायी र स्थानीय सरोकारवालाहरूले पूर्वाधार विकासमा लगानीका लागि जोडदार माग गर्दै आएका छन्। यही मागलाई मूर्तरूप दिन हालै नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान) को एक टोलीले राराको स्थलगत भ्रमण गरेको छ। भ्रमणपछिको अन्तर्क्रियामा स्थानीयहरूले काठमाडौंदेखि रारासम्म बस सेवा सञ्चालन गर्ने पहलले स्थानीय आर्थिक गतिविधि बढाउनेमा खुसी व्यक्त गरे। होटल व्यवसायीहरूले भने स्तरीय सेवा र पूर्वाधारका लागि तालिम र लगानी आवश्यक रहेको औंल्याए।

टोलीको भ्रमण र स्थानीय सरोकारवालाहरूको मागपछि नेपाल पर्यटन बोर्डले काठमाडौँ–रारा पर्यटक बस सेवाको सम्भाव्यता अध्ययन गरी आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ। साथै, रारा क्षेत्रका होटलको स्तरोन्नति, स्थानीय जनशक्तिलाई तालिम, र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बोर्डले जनाएको छ। यो कदमले रारालाई साँच्चिकै विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउने ढोका खोल्ने विश्वास लिइएको छ।

 

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *