• भदौ १४, २०८२
  • No Comment
  • 76

सुर्खेतका विभिन्न हाेटलका सञ्चालकसहित सार्वजनिक हित र नैतिकता विरुद्ध संलग्न १० जना पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ मा सञ्चालित विभिन्न होटल तथा रेस्टुरेन्टहरूबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्ध उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिहरूमा दैलेख नौमुले गाउँपालिका-१ का स्थायी बासिन्दा तथा वीरेन्द्रनगर नगरपालिका-६ स्थित भूमिका रेस्टुरेन्ट एन्ड लजका सञ्चालक ५२ वर्षिय भक्तिराम जैशी रहेका छन्। यसैगरी, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ का बासिन्दा २६ वर्षिय कविप्रसाद पौडेल र जाजरकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ मा बस्दै आएकी २६ वर्षिया दीक्षा ठकुरी लाई पनि नियन्त्रणमा लिइएको छ।

वीरेन्द्रनगर नगरपालिका-६ स्थित आँगन होटलबाट डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-१ का बासिन्दा २० वर्षिय मनचन्द्र सार्की, १९ वर्षिय मनरुप सार्की र १९ वर्षिय कृष्ण सार्की लाई नियन्त्रणमा लिइएको छ। यसै होटलबाट दैलेख गुराँस गाउँपालिका-३ की बासिन्दा १९ वर्षिया हिमा बुढा क्षेत्री लाई पनि पक्राउ गरिएको छ।
वीरेन्द्रनगर नगरपालिका-६ स्थित सुरेश होटलबाट जाजरकोट जुनिचाँदे गाउँपालिका-९ का स्थायी बासिन्दा तथा सुरेश होटलकी सञ्चालक ३४ वर्षिया देविका शाही, सुर्खेत बराहाताल गाउँपालिका-४ की बासिन्दा २१ वर्षिया अमृता मगर र अछाम साँफेबगर नगरपालिका-४ का बासिन्दा ४५ वर्षिय लोकबहादुर दियाली लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।
प्रहरीले नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धका गतिविधि सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *