• साउन ७, २०८२
  • No Comment
  • 134

दैलेखमा घण्टाकर्ण पर्व मनाउँदै बर्खेमेलाको शुभारम्भ

दैलेख। दैलेखमा परम्परागत रुपमा मनाउँदै आइएको घण्टाकर्ण (गाँठे मङ्गल) पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ। सो पर्वको अवसरमा जिल्लामा एक महिने बर्खे मेलाको पनि औपचारिक शुभारम्भ गरिएको छ।

नेवार समुदायको मौलिक सांस्कृतिक पर्वका रूपमा चिनिने घण्टाकर्ण चतुर्दशी विशेषगरी श्रावण कृष्ण चतुर्दशीको दिन मनाइन्छ। पहिला काठमाडौं उपत्यकासम्म सीमित रहेको यो पर्व अहिले देशभरका नेवार समुदायहरूले मनाउने गरेका छन्। दैलेखमा भने यो पर्व बर्खे मेलाको आरम्भसँग जोडिएको विशेष अवसरका रूपमा मनाइन्छ ।

परापूर्व कालमा घण्टासुर नामकको राक्षसले गाउँ बस्ती टोलका मानिसहरूलाई सताउने दुःख दिने भएका कारण धामी झाँक्रीको माध्यमबाट त्यो दुःख कष्टबाट मुक्त हुनको लागि घण्टासुर राक्षसको प्रतिमा बनाई दोबाटोमा लगेर त्यसको अन्त्यष्टि गर्ने त्यसपछि घण्टासुर राक्षसको त्रास गाउँघर समाजमा कहिल्यै नहुने दुःख कष्ट बाट बच्ने, भन्ने भनाइ रहेको छ। आजैको दिन श्रावण कृष्ण चतुर्दशीका दिन विशेष चतुर्दशी पर्व भनेर मनाउने पर्वलाई नै घण्टाकर्ण पर्व भनेर मनाउने चलन रहेको छ। श्रावण कृष्ण चतुर्दशीको दिन चारवटा खुट्टा, हातमा हरियो पातीले बेडी हरियो बाबियो ले बानी घण्टा कर्ण राक्षसको आकृति तयार गरिन्छ यसै दिनलाई बर्खापछि हिउँदको शुभारम्भ भएको सङ्केत पनि दिने गरिन्छ।

कुनै कुनै पनि प्रकारको रोग बिमार हरू कहिल्यै नलागोस् भनेर कपडाको टालो बाट पुतली बनाई घण्टाकर्णलाई घुमाएर चढाउने, समुदायका मानिसहरूले पनि त्यो दिन आफ्ना दुःख कष्ट ग्रहहरू गैजाओस्। भनेर घण्टाकर्णको प्रतिमामा दक्षिणा भेटी चढाउने चलन पनि रहेको छ, त्यसै दिन उक्त घण्टाकर्णलाई कुकुरको सहायताले ढलाई समुदायको कुनै दोबाटोमा लगेर त्यसको अन्त्यष्टि गर्ने, त्यसै दिनबाट करिब एक महिना जति लामो बर्खे मेला लाखे नाच दैलेखमा शुभारम्भ हुने गरेको दैलेख सदरमुकाम भगवती युवा क्लबका अध्यक्ष नन्द बहादुर श्रेष्ठले बताउनुभयो । विगतका केही दशक पहिला यो घण्टाकर्ण पर्वलाई मूल्य र मान्यताअनुसार मनाइए पनि अहिले यो व्यापक विसंगतिको रूपमा मौलिएको र बाटोमा हिँड्ने मानिसहरूलाई दुःख र कष्ट दिने गरेको यसलाई आगामी वर्षहरूमा यो पर्वलाई सभ्य बनाउनको लागि जिल्लाका सम्बन्धित पालिका सुरक्षा निकायले गम्भीर ध्यान दिन जरुरी देखिएको उहाँले बताउनुभयो।

 

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *