• साउन ७, २०८२
  • No Comment
  • 135

दैलेखमा घण्टाकर्ण पर्व मनाउँदै बर्खेमेलाको शुभारम्भ

दैलेख। दैलेखमा परम्परागत रुपमा मनाउँदै आइएको घण्टाकर्ण (गाँठे मङ्गल) पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ। सो पर्वको अवसरमा जिल्लामा एक महिने बर्खे मेलाको पनि औपचारिक शुभारम्भ गरिएको छ।

नेवार समुदायको मौलिक सांस्कृतिक पर्वका रूपमा चिनिने घण्टाकर्ण चतुर्दशी विशेषगरी श्रावण कृष्ण चतुर्दशीको दिन मनाइन्छ। पहिला काठमाडौं उपत्यकासम्म सीमित रहेको यो पर्व अहिले देशभरका नेवार समुदायहरूले मनाउने गरेका छन्। दैलेखमा भने यो पर्व बर्खे मेलाको आरम्भसँग जोडिएको विशेष अवसरका रूपमा मनाइन्छ ।

परापूर्व कालमा घण्टासुर नामकको राक्षसले गाउँ बस्ती टोलका मानिसहरूलाई सताउने दुःख दिने भएका कारण धामी झाँक्रीको माध्यमबाट त्यो दुःख कष्टबाट मुक्त हुनको लागि घण्टासुर राक्षसको प्रतिमा बनाई दोबाटोमा लगेर त्यसको अन्त्यष्टि गर्ने त्यसपछि घण्टासुर राक्षसको त्रास गाउँघर समाजमा कहिल्यै नहुने दुःख कष्ट बाट बच्ने, भन्ने भनाइ रहेको छ। आजैको दिन श्रावण कृष्ण चतुर्दशीका दिन विशेष चतुर्दशी पर्व भनेर मनाउने पर्वलाई नै घण्टाकर्ण पर्व भनेर मनाउने चलन रहेको छ। श्रावण कृष्ण चतुर्दशीको दिन चारवटा खुट्टा, हातमा हरियो पातीले बेडी हरियो बाबियो ले बानी घण्टा कर्ण राक्षसको आकृति तयार गरिन्छ यसै दिनलाई बर्खापछि हिउँदको शुभारम्भ भएको सङ्केत पनि दिने गरिन्छ।

कुनै कुनै पनि प्रकारको रोग बिमार हरू कहिल्यै नलागोस् भनेर कपडाको टालो बाट पुतली बनाई घण्टाकर्णलाई घुमाएर चढाउने, समुदायका मानिसहरूले पनि त्यो दिन आफ्ना दुःख कष्ट ग्रहहरू गैजाओस्। भनेर घण्टाकर्णको प्रतिमामा दक्षिणा भेटी चढाउने चलन पनि रहेको छ, त्यसै दिन उक्त घण्टाकर्णलाई कुकुरको सहायताले ढलाई समुदायको कुनै दोबाटोमा लगेर त्यसको अन्त्यष्टि गर्ने, त्यसै दिनबाट करिब एक महिना जति लामो बर्खे मेला लाखे नाच दैलेखमा शुभारम्भ हुने गरेको दैलेख सदरमुकाम भगवती युवा क्लबका अध्यक्ष नन्द बहादुर श्रेष्ठले बताउनुभयो । विगतका केही दशक पहिला यो घण्टाकर्ण पर्वलाई मूल्य र मान्यताअनुसार मनाइए पनि अहिले यो व्यापक विसंगतिको रूपमा मौलिएको र बाटोमा हिँड्ने मानिसहरूलाई दुःख र कष्ट दिने गरेको यसलाई आगामी वर्षहरूमा यो पर्वलाई सभ्य बनाउनको लागि जिल्लाका सम्बन्धित पालिका सुरक्षा निकायले गम्भीर ध्यान दिन जरुरी देखिएको उहाँले बताउनुभयो।

 

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *