• भदौ १४, २०८२
  • No Comment
  • 259

✍ दोषी कुर्सी

लेखक – निडर चदारा।

ए हेर नि,
कुर्सीमाथि बस्या मान्छे—
जनताको पसिना खान्छ,
घामपानीमा हिँड्ने हाम्लाई
दुःखको भारी थाप्छ।

दोषी त कुर्सी हो नि बा,
जहाँ दलाल पस्छ,
जहाँ घुसखोर
उस्ले इज्जत पाउँछ।

ए, कुर्सी—
तैंले त जनता रगत चुसिस,
श्रमिकको पेट सुक्खा पारिस,
देशलाई दलालको गोठ बनाइस्।

बाहिर “देशप्रेम” को ठोकुवा,
भित्र “कमिसन” को सौदा।
बाहिर “जनता–जनता”,
भित्र “पेट–पेट”।

तर हेर त—
अब जनता मौन बस्दैनन्,
जनताको अदालत आउँछ,
तैंले सम्हालेको त्यो कुर्सी
ढल्छ, चर्किन्छ, भत्किन्छ।

दोषी त कुर्सी मात्र होइन,
त्यसमा पस्ने हात,
त्यो हातमा टाँसिएको दलालको छाप,
सबैलाई जनताको हतौडाले
ठोक्छ, भत्काउँछ, सफार्छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *