• साउन ७, २०८२
  • No Comment
  • 109

मधेश प्रदेशका ८ जिल्ला तीन महिनाका लागि विपत् संकटग्रस्त घोषणा

साउन ७ । लगातारको खडेरी र अनावृष्टि (धेरै समयसम्म वर्षा नहुनु) का कारण मधेश प्रदेशका आठ जिल्ला तीन महिनाका लागि विपत् संकटग्रस्त घोषित भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी तीन महिनासम्म ती जिल्लामा विशेष आपतकालीन अवस्था लागू गर्ने निर्णय गरेको हो ।

खानेपानी, सिँचाइ तथा बाली उत्पादनमा परेको असरलाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिनुपरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार लामो समयदेखि वर्षा नहुनुका कारण खेतबारी सुक्खा हुन थालेका छन् भने भूमिगत पानीका स्रोतसमेत सुकेको छ । यसले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ र खानेपानीको अभाव पनि देखिन थालेको छ ।

सरकारको भनाइमा, संकटग्रस्त क्षेत्र घोषणा भएपछि राहत, उद्धार र पुनःस्थापना कार्यलाई संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर अघि बढाइनेछ। प्रभावित जिल्लाहरूको नाम र कार्यान्वयन योजनाबारे चाँडै विस्तृत विवरण सार्वजनिक गरिने मन्त्रालय ले जनाएको छ ।

सरकारले भनेको छ कि अबको केही दिनभित्रै सम्बन्धित जिल्लाहरूमा राहत सामग्री, सुरक्षित पानीको आपूर्ति, र सिँचाइका लागि वैकल्पिक व्यवस्था सुनिश्चित गरिनेछ । वर्षा नभएसम्मको अवस्थालाई ध्यानमा राख्दै सम्भावित खतराहरू न्यूनीकरण गर्न सबै निकायलाई तयारी अवस्थामा रहन भनिएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *