• साउन ७, २०८२
  • No Comment
  • 156

संकटमा परेका प्रशासकीय अधिकृतलाई युवाको साथ, चिया बेचेरै जुट्यो साढे ४ लाख

जाजरकोटमा युवाहरूको एउटा समूहले मानवीयता र सामाजिक एकताको अनुपम उदाहरण प्रस्तुत गरेको छ। उनीहरूले ‘एक कप चिया अभियान’ मार्फत गम्भीर बिरामी परेका प्रशासकीय अधिकृत महेन्द्र कुमार भडेलको उपचारका लागि ४ लाख ६६ हजार रुपैयाँ संकलन गरेर सबैको मन जितेका छन् ।  भेरी नगरपालिका–४, गैरीखालीका स्थायी बासिन्दा भडेल उच्च रक्तचापका कारण गम्भीर बिरामी भई हाल नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत छन्। उपचार खर्च बढ्दै गएपछि परिवार आर्थिक संकटमा परेको थियो ।

यही अवस्थालाई मध्यनजर गर्दै ‘परिवर्तनका लागि युवा अभियान’ नामक समूहले ‘एक कप चिया अभियान, सानो सहयोग, ठूलो परिवर्तन’ भन्ने नाराका साथ खलङ्गा बजारका विभिन्न ठाउँमा चिया बेचेर रकम उठाएको हो। चिया बेचेर मात्रै १ लाख २१ हजार रुपैयाँ संकलन भएको थियो भने मोबाइल बैंकिङ, विभिन्न कार्यालय र सहयोगी मनहरूबाट समेत गरी कुल ४ लाख ६६ हजार ५७० रुपैयाँ जम्मा भयो। यो रकम मंगलबार एक कार्यक्रमबीच भडेलका परिवारलाई हस्तान्तरण गरिएको छ। यद्यपि, भडेलको स्वास्थ्य अवस्था अझै पनि गम्भीर रहेकाले उपचारका लागि थप रकम आवश्यक परेको परिवारले जनाएको छ। सहयोगी मनहरूलाई उनीहरूले थप सहयोगका लागि अपिल गरेका छन् ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *