• साउन ७, २०८२
  • No Comment
  • 62

संकटमा परेका प्रशासकीय अधिकृतलाई युवाको साथ, चिया बेचेरै जुट्यो साढे ४ लाख

जाजरकोटमा युवाहरूको एउटा समूहले मानवीयता र सामाजिक एकताको अनुपम उदाहरण प्रस्तुत गरेको छ। उनीहरूले ‘एक कप चिया अभियान’ मार्फत गम्भीर बिरामी परेका प्रशासकीय अधिकृत महेन्द्र कुमार भडेलको उपचारका लागि ४ लाख ६६ हजार रुपैयाँ संकलन गरेर सबैको मन जितेका छन् ।  भेरी नगरपालिका–४, गैरीखालीका स्थायी बासिन्दा भडेल उच्च रक्तचापका कारण गम्भीर बिरामी भई हाल नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत छन्। उपचार खर्च बढ्दै गएपछि परिवार आर्थिक संकटमा परेको थियो ।

यही अवस्थालाई मध्यनजर गर्दै ‘परिवर्तनका लागि युवा अभियान’ नामक समूहले ‘एक कप चिया अभियान, सानो सहयोग, ठूलो परिवर्तन’ भन्ने नाराका साथ खलङ्गा बजारका विभिन्न ठाउँमा चिया बेचेर रकम उठाएको हो। चिया बेचेर मात्रै १ लाख २१ हजार रुपैयाँ संकलन भएको थियो भने मोबाइल बैंकिङ, विभिन्न कार्यालय र सहयोगी मनहरूबाट समेत गरी कुल ४ लाख ६६ हजार ५७० रुपैयाँ जम्मा भयो। यो रकम मंगलबार एक कार्यक्रमबीच भडेलका परिवारलाई हस्तान्तरण गरिएको छ। यद्यपि, भडेलको स्वास्थ्य अवस्था अझै पनि गम्भीर रहेकाले उपचारका लागि थप रकम आवश्यक परेको परिवारले जनाएको छ। सहयोगी मनहरूलाई उनीहरूले थप सहयोगका लागि अपिल गरेका छन् ।

सम्बन्धित खबर

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन सम्पन्न, विषादी व्यवस्थापन विधेयक पारित

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन सम्पन्न, विषादी व्यवस्थापन विधेयक पारित

सुर्खेत  – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन बुधबार राति १२ बजेदेखि औपचारिक रूपमा अन्त्य भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले…
आजको मौसम : जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कतै भारी वर्षाको सम्भावना

आजको मौसम : जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कतै भारी…

  साउन २२ – देशभर मनसुन सक्रिय रहेको बेला जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।…
उच्च रक्तचाप भएकाहरूले के खाने, के नखाने ?

उच्च रक्तचाप भएकाहरूले के खाने, के नखाने ?

 उच्च रक्तचाप (हाइपरटेन्सन) अहिले विश्वभरि नै तीव्र रूपमा बढ्दै गएको समस्या हो। नेपालमा पनि यसको संख्या बढ्दो छ। चिकित्सकहरूका अनुसार, जीवनशैली…

Leave a Reply

Your email address will not be published. Required fields are marked *