• साउन २२, २०८२
  • No Comment
  • 10

आजको मौसम : जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कतै भारी वर्षाको सम्भावना

  साउन २२ – देशभर मनसुन सक्रिय रहेको बेला जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण केही स्थानमा वर्षा हुने भए पनि धेरै क्षेत्रमा वर्षा कम हुने देखिएको छ।

दिउँसो कोसी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोसी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भने भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

रातिको समयमा देशभर सामान्यतया बदली रहनेछ। यस अवधिमा पनि मधेस, कोसी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेशको पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा पनि हुनसक्ने विभागको अनुमान छ।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा औसत स्थानको उत्तरतर्फ अवस्थित छ। मनसुन सक्रिय भए पनि जलवाष्पयुक्त हावाको प्रभाव कमजोर भएकाले देशव्यापी रूपमा व्यापक वर्षाको सम्भावना भने न्यून रहेको विभागको भनाइ छ।

सम्बन्धित खबर

जाजरकोटमा घाँस काट्न गएका १ जना किशोरको भीरबाट लडेर मृत्यु 

जाजरकोटमा घाँस काट्न गएका १ जना किशोरको भीरबाट लडेर…

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिकामा एक दुःखद घटना घटेको छ, जहाँ घाँस काट्न गएका एक किशोरले भीरबाट लडेर ज्यान गुमाएका छन्। नलगाड…
कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन सम्पन्न, विषादी व्यवस्थापन विधेयक पारित

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन सम्पन्न, विषादी व्यवस्थापन विधेयक पारित

सुर्खेत  – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन बुधबार राति १२ बजेदेखि औपचारिक रूपमा अन्त्य भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले…
उच्च रक्तचाप भएकाहरूले के खाने, के नखाने ?

उच्च रक्तचाप भएकाहरूले के खाने, के नखाने ?

 उच्च रक्तचाप (हाइपरटेन्सन) अहिले विश्वभरि नै तीव्र रूपमा बढ्दै गएको समस्या हो। नेपालमा पनि यसको संख्या बढ्दो छ। चिकित्सकहरूका अनुसार, जीवनशैली…

Leave a Reply

Your email address will not be published. Required fields are marked *