• साउन २१, २०८२
  • No Comment
  • 121

यस पटक  वीरेन्द्रनगर-३ बाट पनि लाखे जात्रा  निकालिने

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित उत्तरगंगा मन्दिरबाट आजदेखि लाखे जात्रा सुरु भएको छ। तातापानी युवा क्लबको आयोजनामा यस वर्ष पहिलो पटक वडाको तातापानी क्षेत्रबाट लाखे नाच निकालिएको हो।

लामो समयदेखि चल्दै आएको परम्परागत कला र संस्कृतिलाई संरक्षण गर्ने, शान्ति र सद्भाव प्रवर्द्धन गर्ने तथा जात्रालाई पूर्ण रूपमा “अल्कोहल र लागुऔषध रहित” बनाउने महान् उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। 

यस सांस्कृतिक अभियानमा श्री हरि डिल भूमि माध्यमिक विद्यालयले पनि सहयोग गरेको छ। आयोजकका अनुसार, जात्रा अवधिभर लाखे नाचदेखि रथ यात्रासम्मका विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। श्री हरि डिल भूमि माध्यमिक विद्यालयका अध्यक्ष बालकृष्ण हमालका अनुसार युवा पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति जिम्मेवार बनाउन र सामाजिक सद्भाव कायम राख्न यो पहल गरिएको हो। 

आयोजक तातापानी युवा क्लबले एक विज्ञप्ति जारी गर्दै वडा नं. ३ का सम्पूर्ण बासिन्दा, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस सांस्कृतिक पर्वमा एकजुट भई साथ र सहयोग प्रदान गर्न हार्दिक अपिल गरेको छ। समुदायको सामूहिक प्रयासबाट मात्र आफ्नो मौलिक परम्परालाई जीवन्त राख्न सकिने क्लबको विश्वास छ। यस पहलले समुदायमा एकता र सांस्कृतिक जागरण ल्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *