• साउन २२, २०८२
  • No Comment
  • 5

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन सम्पन्न, विषादी व्यवस्थापन विधेयक पारित

सुर्खेत  – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन बुधबार राति १२ बजेदेखि औपचारिक रूपमा अन्त्य भएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेपछि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार अधिवेशन अन्त्यको निर्णय गरेका हुन्।

प्रदेशसभाका सभामुख नन्दा गुरूङका अनुसार चालु छैटौं अधिवेशनमा कुल ३४ बैठक बसेका थिए, जसमा जम्मा ६४ घण्टा ४२ मिनेट ४० सेकेन्ड समय व्यतित भएको थियो।

अधिवेशनको अन्तिम अर्थात् ३४औं बैठकबाट “कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” पारित गरिएको छ।

यससँगै कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको हो।

सम्बन्धित खबर

जाजरकोटमा घाँस काट्न गएका १ जना किशोरको भीरबाट लडेर मृत्यु 

जाजरकोटमा घाँस काट्न गएका १ जना किशोरको भीरबाट लडेर…

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिकामा एक दुःखद घटना घटेको छ, जहाँ घाँस काट्न गएका एक किशोरले भीरबाट लडेर ज्यान गुमाएका छन्। नलगाड…
आजको मौसम : जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कतै भारी वर्षाको सम्भावना

आजको मौसम : जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कतै भारी…

  साउन २२ – देशभर मनसुन सक्रिय रहेको बेला जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।…
उच्च रक्तचाप भएकाहरूले के खाने, के नखाने ?

उच्च रक्तचाप भएकाहरूले के खाने, के नखाने ?

 उच्च रक्तचाप (हाइपरटेन्सन) अहिले विश्वभरि नै तीव्र रूपमा बढ्दै गएको समस्या हो। नेपालमा पनि यसको संख्या बढ्दो छ। चिकित्सकहरूका अनुसार, जीवनशैली…

Leave a Reply

Your email address will not be published. Required fields are marked *