• असार ३२, २०८२
  • No Comment
  • 185

साफ यू–२० महिला याम्पियनसिप : नेपालले श्रीलंकालाई ७–० गोलले हरायो

 साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि एकतर्फी जित हात पारेको छ। वर्षाका कारण डेढ घन्टा ढिलो सुरु भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्‍यो।

बसुन्धरा किंग्स एरिनामा भएको खेलमा नेपालको लागि मीना देउवाले ह्याट्रिक गर्दै चम्केकी हुन्। त्यस्तै, पूर्णिमा राईले दुई गोल गरेकी छन् भने समिक्षा मगर र सरिता कुमारी नाथले एक–एक गोल गरे।

खेलको आठौं मिनेटमै मिनाले गोल गर्दै खाता खोलेकी थिइन्। त्यसपछि १३ औं मिनेटमा समिक्षा मगरले गोल गर्दै अग्रता दोब्बर बनाइन्। ४२ औं मिनेटमा मिनाले दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्ज्युरी समयको दोस्रो र चौथो मिनेटमा पूर्णिमा राईले लगातार दुई गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाइन्।

दोस्रो हाफमा नेपालले थप दुई गोल गर्दै नतिजा ७–० मा पु¥यायो। श्रीलंका भने पूरै खेलमा निराशाजनक प्रदर्शन गर्दै एकपटक पनि गोल गर्न असफल रह्यो।

यो जितसँगै नेपालले तीन खेलबाट ६ अंक जोडेको छ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको घरेलु टोली बंगलादेशले तीनै खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा छ। दुई खेलमा ३ अंकसहित भूटान तेस्रो स्थानमा रहँदा श्रीलंका अंकविहीन छ।

नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।
त्यसैगरी, मंगलबारै भएको अर्को खेलमा बंगलादेशले भूटानलाई ४–१ ले पराजित गर्दै अग्रता कायम राखेको छ।

डबल राउन्ड–रोबिन आधारमा भइरहेको प्रतियोगितामा सहभागी चार टोली — नेपाल, बंगलादेश, भूटान र श्रीलंका — ले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

नेपालले अब भोलि बिहीबार श्रीलंकासँग पुनः खेल्नेछ। त्यसपछि साउन ३ गते भूटान र साउन ५ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *