• असार ३१, २०८२
  • No Comment
  • 144

मोबाइल चार्जर छुटाउने क्रममा करेन्ट लाग्दा  १ जनाकाे मृत्यु

 

मोबाइल फोनको चार्जर unplug गर्ने क्रममा करेन्ट लागेर सुनसरीको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको ज्यान गएको छ।

गएको राति मोबाइल चार्जबाट unplug गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उपचारका लागि लैजाने तयारी भइरहेकै बेला उनको मृत्यु भएको वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए।

घटनाबारे जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। स्थानीयवासीले घरभित्रै सामान्य लापरवाहीका कारण ज्यान जानु दुःखद भएको बताएका छन्।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *