• असार ३०, २०८२
  • No Comment
  • 101

जाजरकोटमा करेन्ट लागेर १ जनाकाे मृत्यु

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–७ चामाखेतका २२ वर्षीय शिशिर चन्द रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। चन्द सोमबार बिहान करीब १०:३० बजे नलगाड नगरपालिका–४ गाडेखोलामा पोलमा चढेर विद्युतको तार मर्मत गरिरहेका बेला करेन्ट लागेर पोलमै झुन्डिएका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिराम डाँगीका अनुसार करेन्ट लागेका चन्दको घटनास्थलमै मृत्यु भएको हो। मृतक चन्द स्थानीय स्तरमा ज्यालादारी मजदुरी गर्दै आएका थिए।

हाल मृतकको शव पोष्टमार्टमका लागि दल्लीस्थित नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *