• असार २४, २०८२
  • No Comment
  • 173

चीनले ७४ देशका नागरिकलाई भिसा फ्रि प्रवेश दिने  निर्णय

 चीनले पर्यटन प्रवर्द्धन तथा आफ्नो अर्थतन्त्रमा गति ल्याउने उद्देश्यले ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने निर्णय गरेको छ। कोभिड–१९ महामारीपछि पहिलोपटक चीनले यति ठूलो संख्यामा विदेशी नागरिकहरूलाई भिसा फ्रि प्रवेश दिने निर्णय गरेको हो।

चीनको नयाँ नीति अनुसार ती देशका नागरिकहरू अब ३० दिनसम्म बिना भिसा चीनमा बस्न सक्नेछन्। यो निर्णय चीनको भिसा नीतिमा ऐतिहासिक परिवर्तनको रूपमा हेरिएको छ।

सन् २०१९ मा कोरोना महामारी सुरु हुनु पूर्व चीनमा ३ करोडभन्दा बढी विदेशी पर्यटक भित्रिएका थिए। तर महामारीपछि लागू भएका प्रतिबन्धले चीनको पर्यटन क्षेत्रमा ठूलो गिरावट आएको छ। सन् २०२३ मा मात्र १ करोड ३ लाख पर्यटकले चीन भ्रमण गरेका थिए।

सन् २०२४ मा भिसा फ्रि नीतिको आंशिक प्रभाव देखिँदै जाँदा दुई करोड पर्यटक बिना भिसा चीन पुगेका थिए। अझै पनि महामारीअघि देखिएको संख्याको तुलनामा त्यो निकै कम हो।

यसअघि डिसेम्बर २०२३ मा चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, स्पेन र मलेसियाका नागरिकलाई भिसा फ्रि सुविधा दिएको थियो। हाल यो सुविधा युरोपका सबै देश, पाँच ल्याटिन अमेरिकी देश, उज्बेकिस्तान र पश्चिम एसियाका चार देशलाई विस्तार गरिएको छ।

जुलाई १६ देखि अजरबैजानका नागरिकहरू पनि चीनमा बिना भिसा प्रवेश गर्न पाउनेछन्। यससँगै भिसा फ्रि प्रवेश पाउने देशको संख्या ७५ पुगेको छ, जसमध्ये दुई तिहाइ देशलाई एक वर्षका लागि परीक्षणका आधारमा यो सुविधा दिइएको हो।

चीनको यस कदमलाई पर्यटनसँगै कूटनीतिक सम्बन्ध विस्तार तथा ‘सफ्ट पावर’ बलियो बनाउने रणनीतिक प्रयासको रूपमा पनि विश्लेषण गरिएको छ।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *