• असार २४, २०८२
  • No Comment
  • 95

चीनले ७४ देशका नागरिकलाई भिसा फ्रि प्रवेश दिने  निर्णय

 चीनले पर्यटन प्रवर्द्धन तथा आफ्नो अर्थतन्त्रमा गति ल्याउने उद्देश्यले ७४ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने निर्णय गरेको छ। कोभिड–१९ महामारीपछि पहिलोपटक चीनले यति ठूलो संख्यामा विदेशी नागरिकहरूलाई भिसा फ्रि प्रवेश दिने निर्णय गरेको हो।

चीनको नयाँ नीति अनुसार ती देशका नागरिकहरू अब ३० दिनसम्म बिना भिसा चीनमा बस्न सक्नेछन्। यो निर्णय चीनको भिसा नीतिमा ऐतिहासिक परिवर्तनको रूपमा हेरिएको छ।

सन् २०१९ मा कोरोना महामारी सुरु हुनु पूर्व चीनमा ३ करोडभन्दा बढी विदेशी पर्यटक भित्रिएका थिए। तर महामारीपछि लागू भएका प्रतिबन्धले चीनको पर्यटन क्षेत्रमा ठूलो गिरावट आएको छ। सन् २०२३ मा मात्र १ करोड ३ लाख पर्यटकले चीन भ्रमण गरेका थिए।

सन् २०२४ मा भिसा फ्रि नीतिको आंशिक प्रभाव देखिँदै जाँदा दुई करोड पर्यटक बिना भिसा चीन पुगेका थिए। अझै पनि महामारीअघि देखिएको संख्याको तुलनामा त्यो निकै कम हो।

यसअघि डिसेम्बर २०२३ मा चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, स्पेन र मलेसियाका नागरिकलाई भिसा फ्रि सुविधा दिएको थियो। हाल यो सुविधा युरोपका सबै देश, पाँच ल्याटिन अमेरिकी देश, उज्बेकिस्तान र पश्चिम एसियाका चार देशलाई विस्तार गरिएको छ।

जुलाई १६ देखि अजरबैजानका नागरिकहरू पनि चीनमा बिना भिसा प्रवेश गर्न पाउनेछन्। यससँगै भिसा फ्रि प्रवेश पाउने देशको संख्या ७५ पुगेको छ, जसमध्ये दुई तिहाइ देशलाई एक वर्षका लागि परीक्षणका आधारमा यो सुविधा दिइएको हो।

चीनको यस कदमलाई पर्यटनसँगै कूटनीतिक सम्बन्ध विस्तार तथा ‘सफ्ट पावर’ बलियो बनाउने रणनीतिक प्रयासको रूपमा पनि विश्लेषण गरिएको छ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *