• असार २२, २०८२
  • No Comment
  • 117

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

 

 कालीकोट । कालीकोटको गाल्जेमा पहिरो जाँदा कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ। पहिरोले सडकमुनिको पर्खाल भत्काएपछि ठूला सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प भएको हो। जसका कारण निर्माण सामग्री र खाद्यान्न बोकेका सयौं ट्रक तथा यात्रुवाहक बसहरू बाटोमै अलपत्र परेका छन्। साना गाडीहरूलाई भने साँघुरो बाटोबाट एकतर्फी रूपमा पास गराइएको छ।

 तीन साताअघि मात्र सोही स्थानमा पहिरो गएपछि सडक डिभिजन कार्यालय, जुम्लाले निर्माण गरेको पर्खाल पुनः भत्किँदा राजमार्गमा यातायात ठप्प भएको हो। कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार, भित्तामा कडा चट्टान भएकाले बाटो खुलाउन कठिन भएको छ। चट्टान फुटाउन प्रयोग गरिएको जेसीभी मेसिनको हाइड्रोलिक पाइप फुटेकाले शनिबारदेखि मर्मत कार्य रोकिएको छ। सुर्खेतबाट अर्को मेसिन (ब्रेकर) मगाइएको र उक्त मेसिन आइपुगेपछि मात्र काम सुरु हुने हुँदा सडक कहिले खुल्छ भन्ने अनिश्चित बनेको छ।

सडक अवरुद्ध हुँदा जुम्ला र मुगुका लागि पठाइएका अत्यावश्यक सामग्रीहरू रोकिएका छन्। आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री नपुग्दा विकास निर्माणका काम प्रभावित हुने व्यवसायी रतन महताराले बताए। त्यसैगरी, खाद्यान्न बोकेका ट्रकहरू पनि रोकिँदा माथिल्लो कर्णालीमा अभाव सिर्जना हुन सक्ने चिन्ता बढेको छ।

कर्णाली राजमार्गमा वर्षायाममा पहिरो र हिलो तथा हिउँदमा धूलोका कारण यात्रा गर्न सधैं सास्ती हुने गरेको स्थानीय उद्यमी बबुर शाही बताउँछन्। सडकको दिगो मर्मत र स्तरोन्नति नहुँदा कर्णालीबासीले हरेक वर्ष यस्तै समस्या भोग्नुपरेको उनको गुनासो छ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सडक खुलाउन सडक डिभिजनको टोली खटिसकेको जानकारी दिएका छन्। तर, जबसम्म माथिल्लो चट्टान फुटाएर बाटो फराकिलो बनाइँदैन, तबसम्म ठूला सवारी साधन सञ्चालन हुन सक्ने अवस्था छैन।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *