• जेष्ठ २८, २०८२
  • No Comment
  • 193

रास्वाको प्रस्ताव अस्वीकार्य, विपक्षीको नाराबीच संसद सञ्चालन हुने एमाले

 भिजिट भिसा प्रकरणमा रास्वाले पेस गरेको पाँच बुँदे प्रस्तावमा छलफल हुन नसक्ने नेकपा एमालेले स्पष्ट पारेको छ। संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले उक्त प्रस्ताव अस्वीकार्य रहेको बताए। उनले माओवादीसँग गरिएको दुई बुँदे सहमति आफ्नो पक्षको आधिकारिक धारणा भएको भन्दै त्यसैमा अगाडि बढ्ने बताएका छन्। “रास्वाको प्रस्तावमा हामी जान सक्दैनौँ। माओवादीले ड्राफ्टसहित पठाएको प्रस्ताव नै हाम्रो आधार हो,” भट्टराईले भने, “रास्वाको प्रस्तावमा छलफल नै हुँदैन। उनका अनुसार विपक्षी दलहरूले भोलिसम्मको समय छलफलका लागि माग गरेका छन्, जसअनुसार बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ। भट्टराईले विपक्षी दलको नाराबाजीबीच संसद चलेको अघिल्लो उदाहरण पनि उल्लेख गरे।

“विगतमा पनि संसद नाराबाजीका बीच चलेको छ। यसपटक पनि सभामुखको भूमिकामा निर्भर गर्दै संसद सञ्चालनमा अवरोध आउन दिनेछैनौँ,” उनले चेतावनी दिए। साथै, भट्टराईले माओवादी नेताहरू पनि रास्वाको प्रस्तावप्रति सहमत नरहेको दाबी गरे। तर, विपक्षी गठबन्धनको आज बसेको बैठकले भने रास्वाको पाँच बुँदे प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *